२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

शिक्षक महासंघ फेरि आन्दोलित

शिक्षक महासंघ फेरि आन्दोलित

काठमाडौं– नेपाल शिक्षक महासंघ फेरि आन्दोलित भएको छ। पत्रकार सम्मेलन गरी शुक्रबार उसले आन्दोलनका पहिलो चरणका कार्यक्रम सार्वजनिक गरेको छ भने दोस्रो चरणको कडा आन्दोलन भदौ २१ गते घोषणा गरिनेछ।

महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ।

भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ।

भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासंघले जनाएको छ।

यसबीचमा सच्याउने काम नभए भदौ २१ गतेदेखि कडा आन्दोलनको कार्यक्रम तय गरिने महासंघले जनायो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij