२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

रवि लामिछानेलाई ३:१० को फ्लाइटमा काठमाडौँ ल्याइँदै

रवि लामिछानेलाई ३:१० को फ्लाइटमा काठमाडौँ ल्याइँदै

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौँ ल्याइँदै छ।

कारागार व्यवस्थापन विभागका अनुसार लामिछानेलाई आज दिउँसो ३:१० बजे बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौँ ल्याउन लागिएको हो।

बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। तर, प्रक्रिया तत्काल अघि बढ्न सकेको थिएन।

केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले रुपन्देही कारागार अनुगमन गर्ने क्रममा लामिछानेले भैरहवामा आफ्नो ज्यानसमेत असुरक्षित रहेको बताएपछि सरकारले उनलाई काठमाडौँ सार्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij