२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

चक्रे मिलनसहित १९ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

चक्रे मिलनसहित १९ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौँ- गुण्डा नाइकेका रूपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप भएको छ ।

दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरूलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

यो सँगै उनीहरूको हिरासत बसाइ लम्बिने भएको छ । १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँको संयुक्त अपरेसनमा उनीहरू पक्राउ परेका थिए ।

उनीहरू सँगै प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये २८ जनालाई भने छाडिएको थियो । १९ जनालाई भने परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij