२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

दोलखामा बोलेरो दुर्घटना हुँदा १ को मृत्यु, १२ जना घाइते

दोलखामा बोलेरो दुर्घटना हुँदा १ को मृत्यु, १२ जना घाइते

दोलखाको भीमेश्वरमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शुक्रबार साँझ भीमेश्वर नगरपालिका- ७ देउराली भन्ने ठाउँमा बा २१ च ८२६८ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा दोलखाकै मेलुङ गाउँपालिक ७ का सुजन मगरको मृत्यु भएको हो।

कालिञ्चोकबाट चरिकोटतर्फ जाँदै गरेको बा २१ च ८२६८ नम्बर बोलेरोले बागमती प्रदेश ०२०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि सडकबाट ३० तल खसेर दुर्घटना भएको हो।

दुर्घटनाका घाइते १२ मध्ये गम्भीर अवस्थाका ५ जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए।

बाँकी घाइतेको चरीकोटमै उपचार भइरहेको छ। दुर्घटनापछि बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij