२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

वनवसा पुलमा चार पाङग्रे सवारी साधन सञ्चालनमा रोक

वनवसा पुलमा चार पाङग्रे सवारी साधन सञ्चालनमा रोक

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल-भारत जोडने नदीमाथिको वनवसा पुलमा चार पाङग्रे सवारी साधन सञ्चालनमा लगाइएको रोक यथावत राखिएको छ ।

सोमबार बिहान नदीमा पानीको बहाव एक लाख क्युसेकमाथि पुगेपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

उनका अनुसार सोमबार बिहान १० बजे गरिएको मापनअनुसार नदीमा पानीको बहावमा वृद्धि भएर एक लाख ६८ हजार ३४४ क्युसेक पुगेको थियो । बेलुका ८ बजे गरिएको मापनअनुसार नदीमा पानीको बहाव एक लाख नौ हजार ९८० क्युसेक प्रहरी नायब उपरीक्षक सागर बोहराले उल्लेख गरे । उनका अनुसार नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij