२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

रौतहटमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु

रौतहटमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु

काठमाडौँ। रौतहटको ईशनाथ नगरपालिकामा धान खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ ।

ईशनाथ नगरपालिकाका-८ मन्सरी टोलमा धान खेतमा पानी हाल्न प्रयोग गरेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा ५५ वर्षीय शेख जाफिरको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका जाफिरलाई उपचारका लागी प्रादेशिक अस्पताल गौरमा पुर्‍याइको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij