२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

प्रतिनिधिसभाको बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

प्रतिनिधिसभाको बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भनव नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका लागि अथमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावमाछि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुखले दुईवटा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij