२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

कुलमान घिसिङ टेक्ससमा – नयाँ राजनीतिक यात्राको संकेत

कुलमान घिसिङ टेक्ससमा – नयाँ राजनीतिक यात्राको संकेत

अष्टिन, टेक्सास – उज्यालो नेपालको अभियान लिएर अमेरिका भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आइतबार अष्टिन, टेक्सास पुगेका छन्।

अष्टिनको ग्रेटर चेम्बर अफ कमर्शद्वारा आयोजित ‘उज्यालो संवाद कार्यक्रम’मा सहभागी हुँदै उनले स्वच्छ र प्रभावशाली नेतृत्व नै देशलाई साँचो अर्थमा उज्यालो बनाउने बताए।

कार्यक्रममा उनले देशमा लोडसेडिङ अन्त्य गर्दै नेपाली जनताको मन जितेको आफ्नो अनुभव सुनाउँदै भने, “बिजुलीको उज्यालोले मात्र देश उज्यालो हुँदैन, अब नेतृत्वमा पनि उज्यालोपन आवश्यक छ।”

स्वतन्त्र अभियानमार्फत जननेतृत्वको संकेत

उनले ‘उज्यालो नेपाल अभियान’लाई कुनै राजनीतिक दलसँग नजोडिएको स्वतन्त्र अभियानको रूपमा व्याख्या गर्दै भने, “यो अभियानले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनेछ। म सबै नेपालीसँग यसको साथ र समर्थनको अपेक्षा गर्छु।”

उनले प्रवासमा रहेका नेपालीहरूसँग नागरिकता, लगानी अवसर र उनीहरूको आवाज सरकारमा प्रतिनिधित्व गर्नेसम्मका विषयमा संवाद गरे। “तपाईंहरूकै आवाजलाई म नेतृत्वमा पु¥याउने छु, यो मेरो कमिटमेन्ट हो,” उनले बताए।

२०८४ सालमा राजनीतिमा प्रवेशको स्पष्ट संकेत

कार्यक्रममा बोल्दै घिसिङले नेपालका हालका राजनीतिक दलहरूप्रति असन्तुष्टि जनाउँदै, आफू कुनै दलसँग नझुकेको र अब स्वच्छ नेतृत्व निर्माणका लागि राजनीतिक यात्रामा अघि बढ्ने स्पष्ट संकेत दिए। उनले भने, “मलाई जनताले दिएको माया नै मेरो प्रेरणा हो, म निष्ठाका साथ अघि बढ्छु।”

सम्मान र उपस्थितिः

कार्यक्रममा सिपी पौडेलको अध्यक्षतामा भएको उक्त संवाद कार्यक्रममा संस्थाले कुलमान घिसिङलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij