२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सिन्धुलीय श्रेष्ठ समाजले मनायो स्थापना दिवस

सिन्धुलीय श्रेष्ठ समाजले मनायो स्थापना दिवस

काठमाडौं । सिन्धुलीय श्रेष्ठ समाज काठमाडौंले आफ्नो २२ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा गौशालास्थित शिवम प्लाजा होटलमा आयोजित विशेष समारोहमा एसईई उत्तीर्ण ५० जना विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।

तीमध्ये उत्कृष्ट अंक हासिल गर्ने ५ जना विद्यार्थीलाई नगद ५ हजार रुपैयाँसमेत प्रदान गरिएको समाजका सचिव उज्वल श्रेष्ठले जानकारी दिनुभयो । स्थापना दिवसका अवसरमै आयोजित रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने उपस्थित हुनुहुन्थ्यो ।

सिन्धुलीय श्रेष्ठ समाजका अध्यक्ष युवराज श्रेष्ठ ‘प्रकाश’को अध्यक्षतामा सम्पन्न स्थापना दिवस समारोहमा उपस्थित अतिथिहरुलाई वरिष्ठ उपाध्यक्ष हरिकृष्ण श्रेष्ठले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । सिन्धुली मूलघर भई काठमाडौंमा बसोबास गर्दै आएका श्रेष्ठ समुदायको अग्रणी संस्थाका रुपमा रहेको सिन्धुलीय श्रेष्ठ समाजले हरेक स्थापना दिवसमा विविध रचनात्मक कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij