२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । बुधबार सार्वजनिक लेखा समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

सार्वजनिक लेखा समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा जगदुल्ला जलविद्युत आयोजनाको निर्माणसम्बन्धी उजुरी तथा नेपाल सरकारका सचिवहरूसँग गर्ने संयुक्त बैठकको मिति निर्धारणलगायत विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षाका विषयमा छलफल हुनेछ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij