२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

काठमाडौँ । भेरी नदीमा गए राति टिपर खस्दा तीनजना बेपत्ता भएका छन् ।

जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुम पश्चिमको आठबीसकोट-१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरूको अवस्था अज्ञात रहेको छ ।

अहिले बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरेको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरूको नाम ठेगाना केही खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij