२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड (तस्बिरहरू)

साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड (तस्बिरहरू)

काठमाडौं– आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ ।

साउन भगवान शिवको महिना मानिन्छ र सोमबार प्रिय बार भएकाले यस दिन पशुपतिनाथमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको हो । यस दिन विशेषगरी आशुतोष भगवान शिवको पूजा तथा आराधना गरिन्छ ।

नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा छ। तर पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवैअनुसार साउन महिनाका सोमबार विशेष भीड लाग्ने गर्दछ ।

यस वर्ष साउन महिनामा चारवटा सोमबार परेको छ ।

साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिरको पूजाअर्चनाका लागि मन्दिर परिसरमा लामबद्ध भक्तजन । तस्बिरः हरिराम भेटुवाल / रासस
साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिरको पूजाअर्चनाका लागि मन्दिर परिसरमा लामबद्ध भक्तजन । तस्बिरः हरिराम भेटुवाल / रासस
साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिरमा पूजाअर्चनाका क्रममा मन्दिर परिसरमा बत्ती बाल्दै भक्तजन । तस्बिरः हरिराम भेटुवाल / रासस
साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिरको पूजाअर्चनाका लागि मन्दिर परिसरमा लामबद्ध भक्तजन । तस्बिरः हरिराम भेटुवाल / रासस
साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिरको पूजाअर्चनाका लागि मन्दिर परिसरमा लामबद्ध भक्तजन । तस्बिरः हरिराम भेटुवाल / रासस

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij