२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता,बुहारीले भागेर ज्यान जोगाइन्

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता,बुहारीले भागेर ज्यान जोगाइन्

पर्वत । गए राति पर्वतमा पहिरोले घर पुरिँदा पति–पत्नी बेपत्ता भएका छन् । घटनामा उनीहरुकी बुहारीले भने भागेर ज्यान जोगाएकी छन् ।

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गए राति आएको पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ बर्षीया विष्णुमती बिक बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिए ।

‘पहिरोले राति घर पुरिँदा पति–पत्नी बेपत्ता भएका र बुहारी ३२ बर्षीया पवित्रा बिकले भागेर ज्यान बचाएकी छिन्,’ इन्सपेक्टर सापकोटाले भने, ‘हाम्रो टोली उद्धारको लागि घटनास्थलतिर जाँदैछ ।’ रातिको घटना भएपछि आज बिहान मात्रै प्रहरीलाई जानकारी आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij