२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

कुलुङखोलामा सात करोडमा पक्की पुल निर्माण

कुलुङखोलामा सात करोडमा पक्की पुल निर्माण

दमौली (तनहुँ) । भीमाद नगरपालिका-१ भएर बग्ने कुलुङखोलामा पुल ७२ दशमलव २० मिटर लामो पक्की पुल निर्माण भएको छ ।

विसं २०८१ असोज तेस्रो सातादेखि निर्माण थालिएको पुल म्यादभन्दाअगावै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । नवनिर्मित पुलबाट दुई पाङ्ग्रे सवारी सञ्चालन भएका छन् ।यद्यपि पुलको औपचारिक उद्घाटन भएको छैन ।

गण्डकी प्रदेश सरकारको रु सात करोड ७३ लाख ६४ हजार ३८२ को लागतमा पुल निर्माण भएको हो । सडक निर्माण भएको २५ वर्षपछि पुल बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij