२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

साउन १ बाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

साउन १ बाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

काठमाडौँ । धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ ।

साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक विदाको दिन पनि अब धरहरा चढ्न पाइने जनाइएको छ ।

धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।

०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुननिर्माणपछि यही असोज ३ गतेबाट परीक्षणका रूपमा खुला गरिएको थियो । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij