२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

रसुवामा मनसुनजन्य विपद्‌को जोखिम कायमै, सावधानी अपनाउन प्रशासनको अनुरोध

रसुवामा मनसुनजन्य विपद्‌को जोखिम कायमै, सावधानी अपनाउन प्रशासनको अनुरोध

 

काठमाडौँ । रसुवा जिल्लामा मनसुनजन्य विपद्को सम्भावना कायमै रहेकाे भन्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले आइतबार एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभाग र चीनतर्फबाट प्राप्त सूचनाका आधारमा आगामी दिनमा भारी वर्षा भई नदीहरूको बहाव बढ्न सक्ने देखिएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।

भोटेकोशी, त्रिशूली, लाङटाङ खेला, चिलिमे खोला र अन्य नदी तथा खोलाका आसपास बसोबास गर्ने स्थानीयवासी, निर्माणाधीन आयोजना तथा नदी किनारमा रहेका कार्यालयलाई आवश्यक पूर्व तयारी तथा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेकाे छ।

‘जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट समेत आगामी केही दिन यस क्षेत्रमा भारी वर्षाका कारण नदीको बहाव बढ्न सक्ने हुँदा विपद्को जोखिम हुनसक्ने सम्भावना रहेको भनी आवश्यक पूर्व तयारी र सावधानीका लागि सूचना प्राप्त भएकाले रसुवा जिल्ला भई बहने (भोटेकोशी नदी, त्रिशूली नदी, लाङटाङ खोला, चिलिमे खोला र यस जिल्लामा अवस्थित अन्य नदी/खोला आसपासका क्षेत्रमा मनसुनजन्य विपद्को जोखिम रहेकाले उक्त क्षेत्रहरूमा बसोबास गर्नु हुने आम जनसमुदाय, नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्व तयारी एवम् सावधानी अपनाउनु हुन अनुरोध छ’, सूचनामा भनिएको छ ।

जारी सूचनामा सम्भावित बाढी पहिरोका कारण जिल्ला अन्तर्गतका सडक मार्गहरूमा अवरोध सिर्जना हुन सक्ने भएकाले यातायातका साधन चलाउँदा वा यात्रा गर्दा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

गत असार २४ गते बिहान रसुवाको टिमुरेस्थित लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवागढी नाकामा रहेको मितेरी पुल पूर्ण रूपमा बगाएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij