२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

एमालेको चियापान कार्यक्रम आज

एमालेको चियापान कार्यक्रम आज

काठमाडौं । नेकपा (एमाले)ले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज गर्दै छ ।

कार्यक्रमका लागि राजनीतिक दलका नेता, कुटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको एमालेले जनाएको छ ।

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ ।

एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्ने बताएको थियो । तर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै एमालेले आज चियापान कार्यक्रम आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij