२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

यस वर्ष ६० हजार बढीमा डेँगु सङ्क्रमण हुनसक्ने आँकलन

यस वर्ष ६० हजार बढीमा डेँगु सङ्क्रमण हुनसक्ने आँकलन

काठमाडौं– यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने आँकलन गरिएको छ।​

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेँगु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेँगु सङ्क्रमण तीब्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गरे ।

उनका अनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेँगु संक्रमण बढ्ने उच्च जोखिम छ । उनले हालसम्म ७३ जिल्लाबाट १ हजार ६ सयको हाराहारीमा डेँगु संक्रमण पुष्टि भएको बताए । उनले बिरामीमा लक्षण नदेखिने, डेँगु परीक्षण नगर्ने र परीक्षण भएपनि रिपोर्ट नदिने कारणले डेँगु संक्रमणको तथ्याङ्क कम देखिएको बताए ।

उनले डेँगु संक्रमण बढ्ने अनुमान गरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा गइसकेको समेत बताए । उनले डेँगु नियन्त्रणका लागि सबैभन्दा ठूलो भूमिका स्थानीय तहको भएको उल्लेख गर्दै स्थानीय तहहरूसँग समेत आवश्यक समन्वय र सहकार्य भइरहेको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij