२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

आईसीसी टी-२० विश्वकप छनोट : भीभीआईपी टिकटको मूल्य १० हजार, साधारणको कति?

आईसीसी टी-२० विश्वकप छनोट : भीभीआईपी टिकटको मूल्य १० हजार, साधारणको कति?

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको खेलका लागि भीभीआईपी तर्फको टिकट मूल्य १० हजार रुपैयाँ कायम गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले भीभीआईपी तर्फको मूल्य १० हजार रुपैयाँ राख्दा सामान्यतर्फको मूल्य भने २ सय रुपैयाँ राखेको छ।

भीभीआईपी टिकट काट्नेले राष्ट्रिय टोलीका पूर्व कप्तान तथा क्यानका सचिव पारस खड्कासँग भेट गर्न पाउनेछन्। साथै उनीहरुलाई खानाको पनि व्यवस्था गरिएको छ।

विश्वकपको एसिया क्षेत्र छनोटका खेलहरु आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानीमा हुँदैछ।

क्यानको टिकेटिङ्ग पार्टनर आइएमइ पेबाट टिकट काट्न सकिनेछ। एसिया क्षेत्र छनोटको पहिलो खेलमा आज नेपाल र सिंगापुर भिड्दैछन्। खेल बिहान ९ बजे सुरु हुनेछ।

दोस्रो खेलमा नेपालले भोलि मलेसियासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा बिहिबार ओमानसँग खेल्ने तालिका छ। नेपाल रहेको समूह ए मा सिंगापुर, ओमान र मलेसिया छन्। समूह बी मा यूएई, बहराइन, हङकङ र कुवेत छन्।

समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल शुक्रबार र फाइनल आइतबार हुनेछ। फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij