२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे सानेपा, बिपीनगरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्ने छ।

हिजोदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकका तय भएका एजेन्डामा छलफल सुरु भएको छ। काँग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा मुख्य रूपमा गठबन्धनको सरकारका साथै भ्रातृ संस्थाका विषयमा केन्द्रीय सदस्यहरूसँग सुझाव लिइने छ। साथै, संघीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा तय भएको उनले जनाएका छन्।

क्रियाशील सदस्यता वितरणका बारेमा समेत महामन्त्रीले जानकारी गराउने तथा तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्नेमा यो केन्द्रीय समितिले निर्णय लिने छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij