२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

संघीय निजामती सेवा विधेयक २०८२ प्रतिनिधिबाट पारित

संघीय निजामती सेवा विधेयक २०८२ प्रतिनिधिबाट पारित

काठमाडौँ। प्रतिनिधि सभाले संघीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले उक्त विधेयक संसदमा पेश गरेका थिए।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि छलफल भइ मन्त्री गुप्ताले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

मन्त्रीले जवाफ दिइसकेपछि सदनमा संघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत भएको थियो । । प्रस्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरुले सहमति जनाएसँगै विधेयक पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij