२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

काँग्रेसले भन्यो-‘निजी विद्यालय बन्द गरेर सिन्डिकेटको बाटोमा नजाऔँ’

काँग्रेसले भन्यो-‘निजी विद्यालय बन्द गरेर सिन्डिकेटको बाटोमा नजाऔँ’

काठमाडौँ । नेपाली काँग्रेसका सांसद श्यामप्रसाद घिमिरेले निजी विद्यालयलाई निषेध गरेर जान नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘निजीलाई निषेध गर्न सकिँदैन, १५ वर्षमा पनि सकिँदैन,’ घिमिरेले भने, ‘मुआब्जा दिन सक्दैनौँ । एक तिहाइ विद्यार्थीले नि: शुल्क भार थेगेको छ ।’

तर, निजी विद्यालयको नियमन भने प्रभावकारी रूपमा हुनुपर्ने बताएका छन् ।

‘निजीलाई निषेध गरेर जान सकिँदैन । नियमनको प्रभावकारी व्यवस्था गर्नुपर्छ । शिक्षक कर्मचारीको व्यवस्था गर्नुपर्छ,’ घिमिरेले भने, ‘नयाँ निजी खोल्न दिनुपर्छ । निषेध गर्न हुँदैन । सिन्डिकेटको बाटोमा जान हुँदैन ।’

निजी विद्यालय बन्द गर्दा विदेश जाने विद्यार्थी बढ्ने उनको तर्क छ ।

‘निजी बन्द गर्ने हो भने विदेश जाने विद्यार्थी बढ्छन् । व्यवस्थित गरौँ, नियमन गरौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij