२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु’-‘प्रचण्ड’

‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु’-‘प्रचण्ड’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा आफूहरूले माग गरेअनुसार नै छानबिन समिति बनेको बताएका छन् ।

माधव नेपालसहित नेकपा एसका नेताहरूसँग भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपालाई अन्याय नहोस् भनेर आफू अझै लागिरहेको बताएका हुन् ।

समितिमा रास्वपाको असहमतिबारे उनले भने, ‘यसमा अहिले पनि उहाँहरूलाई धेरै भन्न चाहन्न। रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर मैले अन्तिम समयसम्म प्रयास गरेको, अझै गर्दैछु। रास्वपाका साथीहरूले एक दिन बुझ्नुहुन्छ ।’

उनले माधव नेपालसँग समाजवादी मोर्चा र दुई पार्टीबीचको सम्बन्धबारे छलफल भएको बताएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij