२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

अमरेशले ‘नेपाललाई लिजमा दिउँ’ भनेपछि संसदमा लफडा

अमरेशले ‘नेपाललाई लिजमा दिउँ’ भनेपछि संसदमा लफडा

स्वतन्त्र सांसद अमरेश सिंहले नेपालका पाँच जिल्ला बाहेक अरु विदेशीलाई लिजमा दिन भनेपछि संसद्‍मा ‘हंगामा’ भएको छ। सांसद सिंहले नेपालका ७२ जिल्ला अमेरिका, चीन या भारतलाई लीजमा (भाडामा) दिन सकिने अभिव्यक्ति दिएपछि संसद्मा हंगामा भएको हो। सिंहको अभिव्यक्तिमा नेकपा एमाले सांसद महेश बर्तौलाले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले उनको भनाइलाई रेकर्डबाट हटाउन आदेश दिएका थिए। एमालेका मुख्य सचेतक बर्तौलाले नियमापत्ति गर्दै राष्ट्रघाती अभिव्यक्ति दिने सांसदलाई कारबाही गर्नुपर्ने बताए।

‘देशको नाम तोकेर जिल्ला लिजमा दिने कुरा आपत्तिजनक विषय हो। देशलाई कहीँकतै गाभिदिने भनेर संसद्को रोष्टमबाट अभिव्यक्ति दिनु राष्ट्रघाती र देशद्रोही विषय हो’ बर्तौलाले भने, ‘मुलुकको स्वाभिमानको विरुद्धमा अभिव्यक्ति दिने कुरा कारबाहीको विषय हो। उहाँको अभिव्यक्ति राष्ट्रघाती छ, यस्तो कुरा सुनेर बस्न सक्दैनौं।’

विनियोजित बजेटका सम्बन्धमा विवाद भएपछि सभामुख देवराज घिमिरले वक्ता अमरेश कुमार सिंहलाई ‘डायस छाडेर तल जानू’ भनी निर्देशन दिएका छन्। सभामुखले दिएको रुलिङलाई बेवास्ता गरेपछि उनलाई यस्तो निर्देशन दिएका हुन्। त्यसपछि सांसद सिंहले आफूले पाएको ७ मिनेट रोष्टममै उभिएर बस्ने बताए। उनले आफ्नो निर्वाचन क्षेत्रलाई अपमान गरेकोले जिल्ला लीजमा दिन प्रस्ताव गरेको तर, राष्ट्रियताप्रति आफ्नो अटुट विश्वास रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij