२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले असार १४ देखि २० गतेसम्मका लागि तय गरिएको प्रधानमन्त्रीको भ्रमणलाई औपचारिक स्वीकृति दिएको हो।

एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली स्पेनको बार्सिलोना शहरमा आयोजना हुने ‘संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रम’को चौथो सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

त्यसैगरी बैठकले सहसचिव डा खगेन्द्र सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij