२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

बराह क्षेत्रमा जंगली हात्ती मृत फेला

बराह क्षेत्रमा जंगली हात्ती मृत फेला

सुनसरी । सुनसरीको बराह क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ । बराह क्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकै बारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।

आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेको उनले बताए । कार्कीका अनुसार झण्डै ५ देखि ७ वर्ष उमेरको भाले हात्ती रहेको छ ।

हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । जिल्ला वन कार्यालय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्षसहितको टोलिले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको नगर प्रमुख कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij