२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

प्रतिनिधि सभा बैठक : संसदमा रास्वपा र राप्रपाको नाराबाजी

प्रतिनिधि सभा बैठक : संसदमा रास्वपा र राप्रपाको नाराबाजी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले आज पनि प्रतिनिधि सभाको बैठकमा नाराबाजी गर्दै अवरुद्ध पारेका छन्। विपक्षी दल रास्वपा र राप्रपाले आज (सोमबार) पनि विरोध जारी राखेका हुन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले संसद बैठकमा अवरोध गरेका हुन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका छन् । त्यसपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न दिएका छन्। लिङ्देनले जबर्जस्ती बैठक सन्चालन नगर्न सभामुखलाई आग्रह गरे। यदि बैठक सन्चालन गर्ने बहिष्कार गर्ने र बहिष्कार गरेको दिन बैठक भत्ता नलिने जानकारी पनि उनले गराए ।

लिङ्देनपछि सभामुख घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियालाई बोल्न समय दिएका छन् । आइतबारको बैठकमा पनि दुवै पार्टीले नाराबाजी गरेका थिए। नाराबाजीकै बीच सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएपछि राप्रपाले संसद बहिष्कार गरेको थियो भने रास्वपा बैठक अवधिभर नाराबाजीमा उत्रिएको थियो। गृहमन्त्रीको राजीनामा नआएसम्म संसदमा अवरोध कायमै राख्ने उनीहरूको माग छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij