काठमाडौं : युरो कप २०२४ छनोटअन्तर्गत बेल्जियम र स्विडेनबीचको हाफ समयमा गोली चलेपछि खेल स्थगित भएको छ।
सोमबार राति ब्रसेल्स शहरमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। मैदान बाहिर गोली चलेपछि मध्यान्तरपछि सुरक्षाको कारण भन्दै खेल रोकिएको थियो।
पहिलो हाफसम्म दुबै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। भ्रमणकारी टोली स्विडेनका भिक्टर ग्योकेरसले १५औं मिनेटमा अग्रता लिए। रोमेलु लुकाकुले ३१औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए।
तर, मध्यान्तरमा गोली चलेपछि खेल सुरु हुँनै सकेन। स्थानीय पुलिसले स्विडेन टोलीलाई तत्काल मैदानबाट कडा सुरक्षाबीच विमानस्थल पुर्याएको थियो।
राति नै भएको खेलमा नेदरल्यान्ड्सले ग्रीसलाई १–० र पोर्चुगलले बोस्निया हर्जगोभिनालाई ५–० ले हराएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij