२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

भिजिट भिसा प्रकरणमा सहमतिका लागि रास्वपाले पठायो पाँच बुँदे प्रस्ताव

भिजिट भिसा प्रकरणमा सहमतिका लागि रास्वपाले पठायो पाँच बुँदे प्रस्ताव

काठमाडौँ। भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमतिका लागि छानबिन समिति बनाउन पाँच बुँदे प्रस्ताव पठाएको छ ।

संसदमा केही दिनदेखि देखिएको गति अवरोध फुकाउन उक्त प्रस्ताव रास्वपाले ५ बुँदे प्रस्ताव पठाएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले पटक संसद अवरोध गर्दै आएका छन्।

अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन ।

आज पनि विपक्षीहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij