२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

माओवादीले छाडेन गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान सभामुखले बोलाएको छलफल निष्कर्षविही

माओवादीले छाडेन गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान सभामुखले बोलाएको छलफल निष्कर्षविही

काठमाडौं । सभामुख र प्रमुख सचेतकहरूको बैठक बिना निष्कर्ष सकिएको छ। बैठकमा सत्ता र प्रतिपक्षी आ–आफ्नै अडान राखेका छन्। अब बैठक चलाउने तयारी भइरहेको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले बताए। सत्तापक्ष गृहमन्त्रीले बोल्न पाउने र प्रतिपक्षी भिजिट भिसा ठगीको उच्चस्तरीय छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने अडानमा छन्। गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र कायम भएपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्षविहीन भएको हो।

सभामुख घिमिरेले संसद बैठक सहज रुपमा सञ्चालनको वातावरण बनाउने प्रयासमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख-मुख्य सचेतकहरुसँग छलफल गरेका थिए। सो छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरण सुशासनसँग जोडिएकाले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने आफूहरुको अडान कायमै रहेको बताएका थिए। बैठकएपछि माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले सदन सञ्चालनको वातावरण बनाउन गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जानेहरुबाट रकम असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई सहितका कर्मचारीहरुमाथि अनुसन्धान थालेपछि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन्। सत्तापक्षका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले भिजिट भिसा प्रकरणबाट गृहमन्त्रीले संसदमा जवाफ दिन पाउनुपर्ने अडान राखेका छन् भने माओवादी केन्द्रले गतिरोध अन्त्य गर्ने भए पहिले राजीनामा दिनुपर्ने अडान राखेको छ। मंगलबार संसद बैठक सन्चालनको वातावरण बनाउने प्रयासमा सभामुख घिमिरेले दिनभर छलफल गरे पनि सहमति नजुटेपछि बैठक बस्दै नबसी स्थगित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij