२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

एसीसीसी यु-१९ क्रिकेट : आज नेपाल र बहराइन भिड्दै

एसीसीसी यु-१९ क्रिकेट : आज नेपाल र बहराइन भिड्दै

काठमाडौं : एसीसी यू–१९ मेन्स प्रिमियर कपमा नेपालले आज बहराइनसँग खेल्दैछ।

मलेसियामा हुने खेल बिहान नेपाली समय अनुसार सवा सात बजे सुरु हुनेछ। नेपाल र बहराइनको खेल बायोमास ओभलमा हुनेछ। आजको खेलमा नेपालले सहज जितको लक्ष्य राखेको छ। समूहमा निकै सहज प्रतिद्वन्द्वी पाएको नेपाल अपराजित रहँदै सेमिफाइनल पुग्ने योजनामा छ।

समूह ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनले हराएको थियो। बहराइनले भने आफ्नो पहिलो खेलमा नै साउदी अरेबियासँग हार बेहोरिसकेको छ।​

प्रिमियर कपमा १६ देशलाई चार समूहमा विभाजन गरिएको छ। सबै समूहको शीर्षस्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन्। यही समूहको अर्को खेलमा इरानले साउदी अरेबियासँग खेल्ने छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij