२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले आज शपथ लिँदै

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले आज शपथ लिँदै

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथ कार्यक्रम राखिएको जनाएको छ ।

कार्कीलाई शनिबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसका आठ र नेकपा (एमाले)का ३९ सांसद परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि कार्कीका पक्षमा बहुमत पुगेको थियो ।

कोसी प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij