२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

सनाखतका लागि प्रदेश प्रमुख कार्यालयमा पुगे सांसद

सनाखतका लागि प्रदेश प्रमुख कार्यालयमा पुगे सांसद

विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसद्हरूको सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका छन्।

मुख्यमन्त्रीका लागि केदार कार्की र इन्द्र आङ्बोको पक्षमा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखत गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले समय मागेका थिए।

दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय–पत्रसाथ आउन आग्रह समेत गरेका थिए ।

सोही अनुसार कार्कीले नेकपा (एमाले) का ३९ र काङ्ग्रेसका ८ सांसद्सहित ४७ जनाको समर्थन जुटाएर सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij