२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

१७ अंकले बढ्यो नेप्से

१७ अंकले बढ्यो नेप्से

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि भोलि बिहीबार (जेठ १५ गते) ल्याउँदै छ । त्यसको अघिल्लो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ ।

नयाँ गभर्नर नियुक्ति पछि पनि राम्रो अंकले बढ्न नसकेको शेयर बजारमा बजेट आउने अघिल्लो दिन भने नेप्से १७.४४ अंकले बढेको छ । आज नेप्से ०.६५ प्रतिशतले बढेर २६९३ विन्दुमा पुगेको छ ।

नेप्सेको वृद्धिसहित कारोबार रकम पनि बढेको छ । आज दिनभरमा ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर कारोबार भएको छ ।

आज दिनभरमा १४८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

दिनभरमा ३२३ वटा कम्पनी कारोबारमा आउँदा ७७ हजार ३१६ पटक शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij