२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

नेमार ब्राजिल टिममा परेनन्

नेमार ब्राजिल टिममा परेनन्

DOHA, QATAR - DECEMBER 05: Neymar of Brazil celebrates following the FIFA World Cup Qatar 2022 Round of 16 match between Brazil and South Korea at Stadium 974 on December 05, 2022 in Doha, Qatar. (Photo by Alex Livesey - Danehouse/Getty Images)

एजेन्सी । ब्राजिलको मुख्य प्रशिक्षक बनेका कार्लो एन्सेलोट्टीले पहिलो टिमको घोषणा गरेका छन् ।

 

एन्सेलोट्टीले घोषणा गरेको टिममा नेइमारलाई बाहिर राखेका छन् भने एन्टोनीलाई टिममा स्थान दिएका छन् । रियल बेटिसमा राम्रो प्रदर्सन गरेका एन्टोनीले राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका छन् ।

 

नेइमारलाई बाहिर राखेको विषयमा एन्सेलोट्टीले उनी भर्खरै इन्जुरीबाट आएको र आफुले नेइमारसँग कुरा गरेर नै उनलाई बाहिर राखेको जानकारी दिएका छन् । साथै उनले नेइमार आफ्नो विश्वकपको योजनामा रहेको र उनी पुर्णरुपमा फिट भएर आउने बताए ।

 

ब्राजिलले इक्वेडर र पराग्वेसँग खेल्ने विश्वकप छनौटका खेल खेल्न एन्सेलोट्टीले टिमको घोषणा गरेका हुन् । ब्राजिलले जुन ६ मा इक्वेडर र जुन ११ मा पराग्वेसँग खेल्दैछ । हाल दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिल १४ खेलमा २१ अंकसहित चौथो स्थानमा रहेको छ ।

 

ब्राजिलको टिम: 

 

गोलकिपर: एलिसन (लिभरपुल), बेन्टो (अल-नासर) र ह्युगो सुजा (कोरिन्थियन्स) ।
डिफेन्डर: एलेक्स सान्ड्रो, ड्यानिलो, लियो ओर्टिज, वेस्ली (सबै फ्लेमेन्गो), एलेक्ससान्ड्रो (लिले), लुकास बेराल्डो (पेरिस सेन्ट जर्मेन), कार्लोस अगस्टो (इन्टर मिलान) र भान्डरसन (मोनाको) ।
मिडफिल्डर: एन्ड्रियास पेरेरा (फुलहाम), एन्ड्रे सान्तोस (स्ट्रासबर्ग), ब्रुनो गुइमारेस (न्यूक्यासल), क्यासेमिरो  (म्यानचेस्टर युनाइटेड) र एडरसन (एटलान्टा/गेर्सन)
फरवार्ड: एन्टोनी (रियल बेटिस), एस्टेभाओ (पाल्मेरास), गेब्रियल मार्टिनेली (आर्सनल), म्याथ्युस कुन्हा (वोल्भरह्याम्प्टन), राफिनहा (बार्सिलोना), रिचार्लिसन (टोटेनहम) र भिनिसियस जुनियर (रियल म्याड्रिड) ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij