२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीन : सांसद यादव

नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीन : सांसद यादव

????????, ?? ??? ? ??????????? ???????? ??? ???? ??????????????? ?????????? ?????? ????? ??????? ????? ????? ????????? ???????? ?? ???????? ??????? ????? ????????? ???????????? ?????? ?????????? ?????? ???????????? ???? ???????? ? ?????? ? ???? ???????, ????

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निराशाजनक र कर्मकाण्डी भएको टिप्पणी गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रममा अलमल रहेको र यसको औचित्य नभएको समेत जिकिर गरे।

‘यो नीति तथा कार्यक्रम निराशाजनक छ, यो अलमलमा छ,’ यादवले भने, ‘यो कर्मकाण्डी हो। यसको औचित्य छैन्। विगतको सरकारले छलफल गराउँदा सम्पूर्ण नेपाली जनताको भावनालाई संघीय लोकतान्त्रिक गणतन्त्रको विधि र प्रक्रियाबाट गर्ने गरेको थियो। यो पालि सरकारले त्यसो गर्न सकेन।’

सरकारले ल्याएको नीति  तथा कार्यक्रम विभेदकारी भएको समेत उनको आरोप छ। ‘यो नीति विभेदकारी हो,’ यादवले भने, ‘विगतको सरकारले मानव सूचकांकको आधारमा नीति तथा कार्यक्रम बनाउने र बजेटलाई विनियोजन गर्ने गरिएका थियो, यसपालि यो नीतिले सम्बोधन गरेको देखिँदैन।’

नीति तथा कार्यक्रमले नागरिकमा उत्साह थप्न नसकेको समेत उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij