काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा गौतमले भारत र पाकिस्तानबीचको तनावले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावहरूका बारेमा नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउनुपर्ने बताएका हुन्।
उनले अहिलेको अवस्थामा दलहरुबीच विभेद नभई एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। नेताहरुको अभिव्यक्ति सुन्दा राजनेताको भूमिका नै निर्वाह नगरेको जस्तो महसुस भएको उनले बताए। गौतमले संविधान संशोधन, सङ्घीयताको सवलीकरण, संस्कृतिको संरक्षण र प्रवद्र्धनलगायत विषयमा सबै दलहरूबीच न्यूनतम सहमति गरि अघि बढ्नुपर्नेमा जोड दिए।
उनले राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावरको त्रास बढिरहेको अवस्थामा नागरिकलाई सुरक्षित गर्नेगरी वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij