२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

छुटे रेशम चौधरी

छुटे रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।

अनधिकृत रुपमा सर्वोच्चका शाखा अधिकृतले पठाएको पत्रपछि पक्राउ परेका चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । सर्वोच्च अदालतले यसअघि लेखेको पत्र अनधिकृत भएको भन्दै पक्राउ परेका चौधरीलाई रिहा गर्न पत्र पठाएपछि कारागारले केहि बेरअघि रिहा गरेको हो । चौधरी रिहा हुनेक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।  त्यस्तै अनधिकृत पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह बिष्टलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखिएको छ । उनले आफूखुशी पत्र लेखेको बयान प्रहरीलाई दिएका छन् ।

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम आयोजना गरिएको स्थल प्रज्ञा भवनबाट चौधरीलाई सादा पोषाकमा आएका प्रहरीहरुले नियन्त्रणमा लिएका थिए । उनको पक्राउसँगै आज हुने भनिएको नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij