काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्बोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
शुक्रबार लामिछानेकी पत्नी निकिता पौडेल आफैं सर्वोच्च उपस्थित भएर रिट दर्ता गरेकी हुन् ।
सहकारी ठगी र संगिठत अपराध मुद्दामा एक करोड रूपैयाँ धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेशलाई चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बदर गर्दै कारागार पठाउने आदेश गरेको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij