२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

राजावादी आन्दोलनको कमाण्डर तोकिए दुर्गा प्रसाई

राजावादी आन्दोलनको कमाण्डर तोकिए दुर्गा प्रसाई

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति कमाण्डको जिम्मेवारी दुर्गा प्रसाईंले सम्हाल्ने भएका छन्।

समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रसाईंले आन्दोलन कमाण्डरको जिम्मेवारी सम्हाल्ने बताएका हुन्।

यससँगै प्रसाईंको नेतृत्वमा शुक्रबार काठमाडौंमा प्रदर्शन हुने भएको छ। राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तीनकुने क्षेत्रलाई तोकेको छ।

आज मात्रै प्रसाईंले निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij