काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । उनी आज बिहान अदालतमा उपस्थित भएका हुन् ।
लामिछानेमाथि काठमाडौंमा सहकारीको रकम अपचलन गरेको कसुरमा मुद्दा छ । उनीविरुद्ध पोखरा, चितवन तथा बुटवलमा पनि सहकारीको रकम अपचलनको मुद्दा छ । लामिछाने कास्की प्रहरीको हिरासतमा रहेकोमा जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएसँगै उनी धरौटी बुझाएर रिहा भएका हुन् ।
कास्कीबाट छुटेका लामिछाने शुक्रबारै जिल्ला अदालत काठमाडौं हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताएका थिए । तर, उनी त्यसको दुई दिनपछि मात्रै अदालतमा उपस्थित भएका हुन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij