२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

पिएसएलको ड्राफ्टमा ६ नेपाली खेलाडी

पिएसएलको ड्राफ्टमा ६ नेपाली खेलाडी

काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएलएल) टी-२० को २०२५ को ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् । नेपालबाट विदेशी खेलाडीको सिल्भर क्याटागोरीमा ६ खेलाडी समावेश गरिएको छ ।

ड्राफ्टमा पर्ने खेलाडीमा नेपालका दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, गुलशन झा, सोमपाल कामी, अर्जुन साउद र देव खनालरहेका छन् । यो क्याटागोरीको न्यूनतम मूल्य २५ हजार अमेरिकी डलर रहेको छ ।

ड्राफ्टबाट खेलाडी छनोट प्रक्रिया १३ जनवरीमा हुने पाकिस्तान क्रिकेटले जानकारी दिएको छ ।

यस बर्षको पिएसएल १० अप्रिलदेखि सुरु हुनेछ । पिएसएलमा लाहोर कालान्दर, क्वेटा ग्लाडियटर्स, कराची किंग्स, पेसावर जाल्मी, मुल्तान सुल्तान्स र इस्लामावाद युनाइटेड गरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij