टेक्सस । नवगठित ग्रेटर अस्टिन नेप्लीज चेम्बर अफ कमर्शको पहिलो बैठकले विविध निर्णयहरु गरेको छ । अध्यक्ष सिपी पौडेलको अध्यक्षतामा बसेको पहिलो बैठकले संस्थाको विधान निर्माणका लागि महासचिव उद्धव खनालको संयोजकत्वमा समिति बनाएको छ । समितिमा राजेश्वर निरौला, सामना देवकोटा, राज मरासिनी र विनोद श्रेष्ठ सदस्य रहेका छन् ।
त्यस्तै संस्थाको सदस्यता वितरणका लागि वरिष्ठ उपाध्यक्ष महेश रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा प्रदिप चौलागाई, विनोद शाह र सन्ध्या गौतम,ओम भट्टराई, अमृत मिश्र,सामना देवकोटा, शक्ति यादव , बिर्ख खत्री र संजाेग तामाङ सदस्य रहेका छन् ।
पहिलो बैठकले ग्रेटरअस्टिन नेप्लीज चेम्बर अफ कमर्शको सदस्यता शुल्क १ सय डलर कायम गर्ने निर्णय पनि गरेको छ । बैठकले बैंक खाता सञ्चालन, वेवसाइट निर्माण एवं सञ्चालन लगायतका विषयमा पनि निर्णय लिएको छ । वेवसाइट निर्माण र सञ्चालनका लागि प्रवक्ता सुलभ पौडेलको संयोजकत्वमा बोधराज घिमिरे, अमृत मिश्र, झरना अधिकारी र हिम ओली सदस्य रहेको समिति गठन गरिएको छ ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij