काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बालविवाहमुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन शुभकामना दिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा अभियानकर्मीहरूसँग मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा आजदेखि आरम्भ भएको सो अभियानलाई शुभकामना दिएका हुन् ।
बालविवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बाल विवाह मुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्री ओलीले हस्ताक्षर पनि गरे ।
मुलुकी अपराध संहिता, २०७४ मा बालविवाहलाई दण्डनीय मानेको छ । भेटमा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जस्ट राइट्स फर चिल्ड्रेन’ का संस्थापक भुवन रिम्भु र बाल विवाह भोगेर हाल यसविरुद्धको अभियानमा सम्लग्नहरूको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij