२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

नयाँ वर्षलाई स्वागत गर्दै अस्टिनबासी नेपाली रमाए पिकनिकमा

नयाँ वर्षलाई स्वागत गर्दै अस्टिनबासी नेपाली रमाए पिकनिकमा

टेक्सस । अमेरिकाको टेक्ससस्थित अस्टिन सहरमा बसोबास गर्दै आएका नेपालीहरुले नयाँ वर्ष २०२५ को उपलक्ष्यमा बृहद पिकनिक एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

हटो सिटसको आदम ओर्गेन पार्कमा आइतबार आयोजित पिकनिक कार्यक्रममा सयौं नेपालीहरुको उपस्थिति रहेको थियो । एक आपसमा शुभकामना आदान प्रदान एवं सद्भाव साटासाट गर्ने उद्देश्यले आयोजित पिकनिकमा बालबालिका, युवा युवती देखि ज्येष्ठ नागरिकहरुसमेत रमाएका थिए । बालबालिकाका लागि हट पोटेटने र युवाका लागि भलिबल खेल आयोजना गरिएको थियो ।

चर्चित नेपाली गीतहरु घन्काउँदै सहभागीहरु लामो समय नाँचगानमा रमेका थिए । कार्यक्रमले देशभन्दा टाढा भएपनि नेपाली समुदायका बीचमा हार्दिकता बढाउन महत्वपूर्ण योगदान गरेको सहभागिहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij