काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समानुपातिक निर्वाचन पद्धति हटाउन नहुने बताएका छन्। समानुपातिक निर्वाचन पद्धति हटाए त्यसले समावेशिता समाप्त हुने उनले बताए।
नेपाली कांग्रेस षडानन्द नगरपालिकाको प्रथम नगर सम्मेलनको आज भोजपुरको दिङलामा उद्घाटन गर्दै नेता पौडेलले समानुपातिक कोटामा आफ्ना निकटका व्यक्ति ल्याउने गरेको गुनासो आउने गरेको उल्लेख गर्दै उनले जनसंख्या, समुदाय र जमिन अनुकूलको समावेशिता आवश्यक रहेको उल्लेख गरे। संघीय लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउनेतर्फ सबै लाग्नुपर्ने उनको भनाइ थियो ।
‘कांग्रेसले जनताको सरोकारसँग जोडेर आफ्नो गतिविधि अगाडि बढाउनुपर्छ’, नेता पौडेलले भने।
कोशी प्रदेशका प्रदेशसभा सदस्य एवम नेपाली कांग्रेस भोजपुरका सभापति विनोद वान्तवाले कांग्रेसभित्र धेरै समस्या देखिएकाले अबका दिनमा सच्चिएर जान आवश्यक रहेको बताए । कार्यक्रममा नगर सभापति भीम तामाङ, पार्टीका जिल्ला सचिव सफल किरातलगायतले आ–आफ्नो धारणा राखेका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij