२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

कपिलवस्तुमा स्रोत नखुलेको २० लाख ५० हजार भारुसहित दुईजना पक्राउ

कपिलवस्तुमा स्रोत नखुलेको २० लाख ५० हजार भारुसहित दुईजना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित लिंक गेटमा सोमबार राति स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपाल आएको यूपी ५५ ए ६६६३ नम्बरको भाडाको गाडी खानतलासी गर्दा महाराष्ट्रको राइगढ जिल्ला मुम्बईसिटी बस्ने ३३ वर्षका सलमान कुरेसियाको झोलाबाट ८ लाख र यूपी ४२ डिटी ५७२१ नम्बरको भाडाको गाडीमा आएका सोही ठाउँ बस्ने ३९ वर्षका उमेश सखाराम खंडागलेको झोलाबाट १२ लाख ५० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

दुवै जनालाई नियन्त्रणमा लिई रकमसहित आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij