२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

मीनबहादुरसँग जग्गा दान लिने निर्णयको विरोध गर्ने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

मीनबहादुरसँग जग्गा दान लिने निर्णयको विरोध गर्ने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टी नीति विपरित अभिव्यक्ति दिएको भन्दै तीन नेतामाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनीहरुले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा पार्टी कार्यालय बनाउने पार्टीको निर्णयको विरोध गरेका थिए ।

प्रधानमन्त्री ओलीले असोज २५ गते कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालयको भवन शिल्यानास गरेका थिए । गुरुङले एमाले पार्टी कार्यालय बनाउन १० रोपनी १४ आना जग्गा दिएका थिए ।

एमाले नेतृ विन्दा पाण्डेले व्यवसायीबाट दान लिनुलाई साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने कदम भन्दै २८ लाख मतदाताको अपमान हुने बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘साढे पाँच लाख पार्टी सदस्यकेा स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताकेा अपमान गर्ने कदम हेा येा । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीकेा सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयेाग गर्नु कर्तव्य नै हेा ।तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तेा सहयेाग लिनु र व्यापारीले दिनु दुवै ग़लत हेा । दिनेले किन र कसरी दिए उनैलाई थाहा हेाला । तर, स्विकार गर्नेले पार्टीकेा निर्णायक तहमा छलफल र निर्णय त परकेा कुरा जानकारी समेत नहुने गरी गरिएकेा येा निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ ।समय घर्की सकेकेा छैन । मनमेाहन र मदनहरुले उचेा बनाएकेा पार्टीकेा इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेकेा गैारव जेागाउने हेा भने येा ग़लत निर्णय सच्याउनै पर्छ । समयमै सेाचैा ।’

त्यस्तै केन्द्रीय सदस्य तिम्सिनाले भनेकी थिइन्, ‘हामीलाई कुनै व्यापारीले बनाइदिएको ठूलो महलभन्दा मदननगरमा जति मिल्छ त्यति नै आफ्नो पसिनाले सञ्चिएको भवन प्यारो र गर्विलो हुनेछ । म नेतृत्वसमक्ष निवेदन गर्न चाहन्छु यो निर्णय फिर्ता लिइयोस् ।हामीलाई बाँचुञ्जेल एमाले भएर स्वाभिमानकासाथ उभिनेर भूमि बाँकी राखिदिनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij