काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ ।
सहकारी ठगी र संगठित अपराधमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेर पोखरा लगिएको छ । उनको पक्राउ विरोधमा रास्वपाले प्रदर्शन गर्दै आएको छ ।
साथै सहकारी पीडितहरूले पनि प्रदर्शन सुरू गरेका छन्। दुई पक्षबीच झडप हुन सक्ने भएकोले रोक्न प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।
प्रशासनले पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडपका कारण प्रतिकूल अवस्था सिर्जना भएर शान्ति सुरक्षा भंग हुने भन्दै आइतबार बिहान ११ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij