२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

एसियाडमा नेपाल र जापान भिड्दै

एसियाडमा नेपाल र जापान भिड्दै

काठमाडौं : १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज जापानको सामना गर्दै छ। खेल नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे बजेदेखि हुनेछ।। समूह डी मा रहेको नेपाल पहिलो खेलमा भियतनामसँग २-० गोल अन्तर पराजित भएको थियो।  त्यस्तै जापानले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ८-० गोल अन्तरले पराजित गरको थियो।

फिफाको महिला टिमको वरियतामा जापान आठौँ स्थानमा रहेको छ भने नेपाल १०१औं स्थानमा रहेको छ।​ एशियन गेम्स अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij